रौतहट, जेठ ७- प्रधान मन्त्री माधवकुमार नेपालले रौतहट जिल्लाको वागमतीमा निर्माण हुन लागेको पुल शिलान्यास गरेका छन्।
बिहान करिब ११ बजे सैनिक हेलिकप्टरबाट यहाँ आएका प्रधान मन्त्री नेपालले करिब ९४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको सो पुल शिलान्यास गरेका हुन्।
६३२ मिटर लामो उक्त पुलले सर्लाही र रौतहटका बासिन्दालाई सजिलो पार्ने उनीहरुले बताएका छन्। अहिले गौरमा रहेका प्रधान मन्त्री नेपालको मध्याह्न रौतहटस्थित नेपाल-भारत सिमानामा रहेको पक्की पुल उदघाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ।