अमेरिका जान चाहनेहरुले भिसा आवेदन अनलाइनबाट गर्ने व्यवस्था

काठमाडौं, जेठ ७- अमेरिका जान चाहनेहरुले अब अनलाइनबाट मात्र भिसा आवेदन प्रक्रिया अघि बढाउनु पर्ने भएको छ। काठमाडौंस्थित अमेरिकी दुताबासले गैरआप्रवासी भिसा निवेदकका लागि जेठ १७  देखि नयाँ व्यवस्था गर्न लागेको हो।

 

अनलाईन फारम अमेरिकी दूतावासको नेपाल अर्न्तगत वेबसाइट निःशुल्क प्राप्त गर्न सकिनेछ। अनलाइन फारम भरेपछि अर्न्तवार्ताको समय तोक्न नबिल बैंकमा दस्तुर बुझाउन पर्ने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ।


अस्थायी भिसा माग्ने ३० हजार नेपालीलाई यो प्रक्रियाले सजिलो बनाउने कार्यक्रम कन्सुल क्ले एडलरले बताए। एकदमै कम इन्टरनेट व्यवस्था भएको नेपाललमा यसलाई सेवाग्राहीले सुविधाको रुपमा अनुभव गर्न केही समय लाग्ने उनले बताए।


अमेरिकाले सयभन्दा बढी देशमा अनलाइन भिसा निवेदन प्रकृया सुरु भइसकेको छ।


यसअघि काठमाडौंस्थित वेलायती दूताबासले पनि भिसा आवेदन अनलाइनबाट मात्र लिने व्यवस्था गरेको थियो।