कैलालीको अत्तरिया बजारमा बिद्युत मर्मत गर्ने वेला पोलवाट खसेर एक युवकको मृत्यु

धनगढी, जेठ ७- कैलालीको अत्तरिया बजारमा बिद्युत मर्मत गर्ने वेला शुक्रवार पोलवाट खसेर एक युवकको मृत्यु भएको छ।

 

नेपाल बिद्युत प्राधिकरण धनगढी शाखा अन्तगर्त अत्तरिया युनिटमा कार्यरत मालाखेती गाविस ३ निवासी २९ बर्षिय रामचन्द्र सुवेदी बिजुली लाइन मर्मत गर्नेवेला पोलवाट खसेका थिए। मुखवाट रगत बगिरहेका सुवेदीको सेती अञ्चल अस्पतालमा पुगाएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।


सुवेदी नेपाल बिद्युत प्राधिकरणमा ज्यालदारी रुपमा भर्ना गरिएका कर्मचारी रहेको बिद्युत प्राधिकरण शाखाले जनाएको छ।