पश्चिम नेपालका एचआइभी पिडितको व्यथा, बाजुरामा गतवर्ष ६ जना एचआइभी सङक्रमितले ज्यान गुमाए

– केशवराज जोशी


वाजुरा १० जेठ – पश्चिम नेपालका पहाडी जिल्लाका एचआइभी संक्रमितहरु अभाव र पिडाको जीन्दगी वाच्न विवश भएका छन् ।


गरिवीआर्थीक अभाव र आवश्यक औषधीको अभाव भएपछी उनिहरुले यस्तो समस्या वेहर्नुपरेको हो । पश्चिम नेपालका वाजुरावझाङडोटी र डडेल्धुरामा एचआईभीको संक्तमण फैलदै गएको छ । आर्थीक अभावले रोजगारीको सीलसीलामा भारत जाने र त्यहाबाटै एचआईभीबाट संक्रमित भएर नेपाल फर्कने गरेका छन् । 

 

यस्तै  बाजुराकाकरिब २ सय जना भन्दा बढी एचआइभी सङक्रमितहरु औषधी उपचारको अभावमा बाच्न बाध्य भएका छन । एचआइभी सङक्रमितका लागी आवश्यक औषधी आरटी खान आवश्यक जाच गर्न जिल्ला बाहिर धनगढी जानुपर्ने हुदा गाडी भाडा समेत नभएका कारण उनीहरुले औषधी उपचारको अभावमा बस्नु परेको हो । जिल्लामा एउटा भीसीडी केन्द्र सन्चालनमा आएको भएपनि एचआचइभी सङक्रमितको लागी सीडीफोर जाचको लागी भने बाजुरामा सुविधा नभएकै कारण दर्जनौ सङक्रमितले उपचार नपाउरै ज्यान गुमाउनु परेको हो ।   एचआइभी एडस महासङघ जिल्ला शाखा बाजुराकी अध्यक्ष मिना विकले जिल्लामा अधिकांश महिला र बालबालिका वढी सङक्रमित भएकै कारण आफुहरुले भोकै र उपचार नपाएरै ज्यान गुमाउनु परेको वताउदै   गिट्र बाजुराद्धारा सन्चालित भीसीडी केन्द्रले एचआइभी सङक्रमितको सङख्या जिल्लामा २३ जना रहेको बताइन ।

 

बाजुराका एचआइभी कसङक्रमित एकल महिला र बालबालिका को जीवन सुरक्षाका लागी आगामी वर्षको आर्थिक बजेटमा प्रति महिना ३ हजारका दरले मासिक भत्ताको व्यवस्था गर्नु पर्ने माग समेत गरेका छन । महिला र बालबालिकाहरुले रोग ल्याउनमा कुनै दोष नभएको भन्दै उनीहरुले आफुहरुलाई बाँच्ने आधार सिर्जना गरिदिन पनि राज्यले अलगै व्यवस्था गर्नुपर्ने माग अधि सारेका छन । वार्षिक बजेटमा आफनो मागको सुनुवाइ नभए कडा आन्दोलनमा उत्रिने उनीहरुले बताएका छन ।  बाजुरामा गतवर्ष वर्ष ६ जना एचआइभी सङक्रमितले ज्यान गुमाइसकेका छन ।

 

जिल्लामा रहेका भीसीडी केन्द्र सदरमुकाम मार्तडीमा मात्र रहेकाले प्रायः जसो धनगढी नेपालगन्ज अछामको मङगलसैनमा गएर जाच गर्ने भएकै कारण जिल्लाका एचआइभी सङक्रमितको सहि तथ्याङक खुल्न नसकेको वताइएको छ ।