हवाई यातायातको क्षमता विकास परियोजनाका निम्ति प्राप्त हुने रकम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, रारा र सिमीकोट विमानस्थलको क्षमता र सुरक्षा प्रणालीको विकासमा खर्च गरिनेछ।
यसैगरी दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजना अन्तर्गत सञ्चालन हुने दुईवटा परियोजना सञ्चालनसम्बन्धी निम्ति दुईवटा अलग सम्झौतामा आजै हस्ताक्षर भएको छ।
सो परियोजना अन्तर्गत गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डमा रूपान्तरण गरिनेछ। लुम्बिनी विकास कोषले प्राप्त गर्ने अनुदानबाट लुम्बिनी सम्पदा क्षेत्रको संरक्षण र विकासमा खर्च गरिनेछ।
परियोजना कार्यक्रमसम्बन्धी सम्झौतामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपाने र लुम्बिनी विकास कोषका उपाध्यक्ष कर्मा स्याङ्बो सेर्पाले हस्ताक्षर गरे।



