कपिलवस्तुको गुगौलीमा शसस्त्र प्रहरीबाट पेस्तोल बारुद र गोली बरामद


– यादव भुसाल


जितपुर, कपिलवस्तु  – कपिलवस्तुको गुगौली १ बाट गएराति सशष्त्र प्रहरी सिमा सुरक्षा बल देबिपुरले २ थान कटुवा पेस्तोल सहित ६ सय ग्राम बारुद र ६० थान गोलि बरामद गरेको छ ।

 

गस्तीमा गएको शसस्त्र प्रहरी देबिपुरको टोलिलाई देखेपछि   २ जना हतियारधारीे बन्दुक तथा गोली फालेर फरार भएको प्रहरीले जनाएको छ । सशष्त्र प्रहरी सिमा सुरक्षा वल कपिलवस्तुका प्रहरी उपरिक्षक हर्क वहादुर रावलले दिएको जानकारी अनुसार हतियार तथा गोलीहरु थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलयमा राखिएको छ ।

 

हतियारधारीको खोजि कार्य तिब्र पारिएको शसस्त्र प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा अबैध हतियारको बिगबीगी रहेको विवरण संचार माध्यममा आएपछि सिमा सुरक्षा वलले जिल्लाको शान्ति सुरक्षामा बिशेष चासो देखाएको छ । यसैविच लागु औषध सहित एक जनालाई कपिलवस्तुमा प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ल्ााको गजेहडा गाविस वडा नं ७ बाट प्रहरीले स्थानीय ५२ वर्षीय प्रेम बहादुर मल्ल्ालाई १ पुरिया खैरो हिरोईन सहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेका थापा उपर लागु औषध सेवन तथा बेचविखनको आरोपमा अनुसन्धान गरि मुद्धा चलाईने ईलाका प्रहरी कार्यालय गोरुिसंगेले जनाएको छ ।