कपिलवस्तुको शिवपुरमा भएको सवारी दुर्घटनामा १ को मृत्यु ६ जना घाईते

– यादव भुसाल


जितपुर, कपिलवस्तु  – कपिलवस्तुमा आज भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ५ जना गम्भिर घाईते भएका छन् ।

 

कृष्णनगरवाट दाड तर्फ जाँदै गरेको लु १ ख २७५३ नम्मरको वस र भालुवाड वाट चन्द्रौटा तर्फ आउदै गरेको ना ४ ख ८० नम्मरको ट्रक आज दिउसो शिवपुर गाविसको वडा १ चोरखोलमा ठक्कर खादा दुर्घटना भएको हो । घटनावाट गम्भिर घाईते भएका ट्रक चालक नुवाकोट जिल्ला मनकामना गाविस वडा नं ७ का वर्ष ३५ का जगतवहादुर तामाडको उपचारको लागि लुम्विीनी अंचल अस्पताल वुटवल लैजादै गर्दा वाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 

अन्य गम्भिर घाईते भएका ५ जनाको अहिले लुम्विनी अंचल अस्पताल वुटवलमा उपचार भईरहको छ । घाइते हुनेमा महेन्द्रकोट गाविस वडा नं ८ पथ्थरकोट वस्ने वर्ष २५ का सराजुल रंगरेज भारत वलरामपुर वस्ने वर्ष ५० कि ज्ञानमता यादव सोहि स्थान वस्ने वर्ष ५५ का गंगाराम यादव कपिलवस्तु कृष्णनगर २ वस्ने वर्ष २५ कि सिता थकाली सोहि स्थान वस्ने वर्ष ६५ का हक्कन मुसलमान रहेका छन् ।

 

पहाडको घुम्टी वाटोमा गाडि मोड्ने क्रममा एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।