१७ वर्षीया युवतीलाई सामूहिकरुपमा अनुचित कार्य गरेको अभियोगमा चार युवा थुनामा

भीमफेदी जेठ १२ – मकवानपुर जिल्ला अदालतले चुरीमाई गाविस वडा नं २ का चारजनालाई १७ वर्षीया युवतीलाई सामूहिकरुपमा अनुचित कार्य गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

 

अदालतका न्यायाधीश बालचन्द्र शर्माको एकल इजलासले अभियुक्त राजु लामा, रामकुमार गोले लामा, हरि तामाङ र शम्भु लामालाई थुनामा राख्न आदेश दिएको हो।

अभियुक्तहरूलाई हेटौडा नगरपालिका-१० स्थित स्थानीय एक होटलमा आश्रित एक १७ वर्षीया युवतीलाई गत वैशाख २८ गते सामूहिकरुपमा जबर्जस्ती अनुचित कार्य गरेको आरोप लगाइएको छ। – रासस