काठमाडौं — राजधानीका ७ मसाज केन्द्र र गेष्ट हाउसमा छापा मारी प्रहरीले २७ महिला र पुरुषलाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेबाट यौनजन्य व्यवसाय गरेको आशंकामा ठमेल क्षेत्रमा मसाज केन्द्र र गेष्ट हाउसमा छापा मारिएको थियो।
केही दिन यता यस्तो गतिविधिमा प्रहरीले निगरानी बढाउँदै आएको छ।
ठमेलमा प्रहरीले छापा मार्दा आपत्तिजनक अवस्थामा समेत युवा युवती फेला परेको प्रहरीले जनाएको छ।
केही समय अघि प्रहरीले विभिन्न डिस्को र डान्स रेष्टुरेन्टमा छापा मारी यौनजन्य क्रियाकलापमा संलग्न रहेकालाई नियन्त्रणमा लिएको थियो।