चट्याङबाट झापाको महारानीछोडामा दुई जनाको मृत्यु

चट्याङबाट झापाको महारानीछोडामा दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। चट्याङ लागेर घाइते हुनुभएका महारानीछोडा गाविस-२ का २४ रुद्र कार्की र २६ वर्षकी तारा सुवेदीको दमकको लाइफ लाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।


खेतबाट धान बाकेर घर फ्कँदै गर्दा उनीहरुलाई चट्याङ लागेको थियो।