वाईवाई महिला,पुरुष टि ट्वान्टी,क्रिकेटका लागि क्षेत्रन.४ भैरहवाको टोली घोषणा

उमाकान्त पाण्डे गाउले – अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि – हाल : रुपन्देहि बुटवल 
काठमाडौंमा हुने वाई वाई महिला टि ट्वान्टी, पुरुष टि टवान्टी तथा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि क्षेत्र नम्बर ४ भैरहवाले महिला तथा पुरुष खेलाडीको घोषणा गरेको छ। महिला टि ट्वान्टी टिमका लागि नितु थापा कप्तान, मनिता गौतम उप कप्तान रहेका छन्। त्यस्तै अन्य खेलाडीमा मधु थापा, मनिषा जोशी, खिना थापा, इन्दु बर्मा, प्रजा भण्डारी, एकता गुरुङ, आक्सा गुरुङ, आरति बिडारी, आरति कोइराला, प्रतीक्षा वश्याल, प्रभा नेपाली, बबिता गिरी घोषित भएका छन्। वैकल्पिकमा प्रतिमा सापकोटा, सैया गुरुङ र एलिना थापा रहेका छन्।
 
त्यस्तै पुरुष टि ट्वान्टी टिममा अन्तिम थापा कप्तान, अमृत भट्टराई उप कप्तान रहेका छन। अन्य घोषित खेलाडीमा शक्ति गौचन, राहुलकुमार विक, विजय थापा, दिपेश खत्री, दिपेन लाम्गादे, रिजन प्रजु, सुभाष प्रधान, कृष्ण कार्की, फैजल खान, दुर्गेश रजाली, किरण पाण्डे र हेमन्त आचार्य छन्।
त्यस्तै ५० ओभरको राष्ट्रिय प्रतियोगिताका लागि शक्ति गौचनको कप्तानी र अन्तिम थापाको उप कप्तानी रहेको टिममा अमृत भटराई, राहुलकुमार विक, विजय थापा, दिपेश खत्री, दिपेन लाम्गादे, सुभाष प्रधान, कृष्ण कार्की, दुर्गेश रजाली, शैलेश श्रीवास्तब, मनोज वैश्य, शिव शर्मा र सागर अधिकारी रहेका छन्।  पुरुषहरुको दुवै टिमका लागि वैकल्पिक खेलाडीका रुपमा निश्चल पाण्डे, बलबहादुर थापा, सागर पुन, विवेक चौधरी र प्रताप केसी रहेको क्षेत्रीय क्रिकेट सङ्घ क्षेत्र नम्बर ४ भैरहवाका संयोजक तथा क्यानका केन्द्रीय सदस्य प्रेम कुमार सेन्चुरीले बताए।वसन्त शाही संयोजक सत्यजित सरकार तथा अनुप थापा सदस्य रहेको छनौट समितिले महिला टोलीको बन्द प्रशिक्षण शिविर र पुरुषहरुको क्षेत्रीय प्रतियोगितालाई आधार मानेर खेलाडी चयन गरेको  हो।