कैलालीमा हुरी बतासले १ को मृत्यु , सयौ घर भत्कीए

धनगढी – -कैलालीको  चौमाला-७ राजीपुरमा ग्उराती रुख खसेर  एक जनाको मृत्यु भएको छ ।


 बिहीवार राती आएको हुरी बतासले  घरमा रुख ढल्दा  ३२ बषिर्य  लक्ष्मण चौधरीको मृत्यु भएको  प्रहरीले जनाएको छ ।   त्यसैगरि  दुगौलीमा निर्माणाधिन मिलको प्रर्खाल भत्ेकर २ जना कामदार घाइते भएका छन ।   स्थानिय टेकविर चौधरकिो निर्माणाधिन मिलको प्रर्खाल भत्ेकर २३बष्र्िाय लक्षीराम र ६० बषिर्य बेल्नी चौधरी घाइते भएका हुन ।  उनिहरुलाई उपचारको लागि राती नै नेपालगञ्ज लगिएको छ ।


त्यसैगरि हिजो साझ आएको हावाहुरीले कैलालीको चौमाला गाविसमा करिब एक हजार वटा घरको छाना उडाएको छ भने करिव पचास वटा घरमाथि रुख ढलेपछि पूर्ण रुपमा भत्केका छन् ।


 हावाहुरीले छाना र घर भत्काइ दिएपछि घर भित्र रहेको खाद्यान्न तथा लत्ताकपडा भिजेर नष्ट हुदाा  त्यहााको जनजीवन अस्तब्यस्त बनेको छ । त्यस्तै हावाहुरीले त्यहाा स्थित विभिन्न विद्यालयको छाना उडाएर लगेपछि विद्यार्थीहरुको पढाइमा समेत बाधा पुगेको छ ।


   त्यसैगरि हावाहुरीले ठाउ ठाउमा विद्युतको पोल ढलेर तार चुडिएपछि कैलालीको अधिकांश गाविसमा बिहीवार साझ देखी नै विद्युत आबरुद्ध भएको छ ।      


कैलाली स्थित रतनपुरको भुईयाँफाँटामा पनि पाँच घर भत्केका छन्  ।


रतनपुरको भुईयाँफाँटामा स्थानिय डल्लीराम चौधरीको घर र गोठमा रुख ढलेर क्षति भएको  छ  । गोठमा बाँधेको रागाको ढाड भाँचिएको उनले बताएका छन् । उक्त गाउँकै सुमन चौधरी, राम बहादुर चौधरी, मान बहादुर चौधरी, डाँडा सिंह चौधरीको घर माथी पनि  रुख ढलेपछि  पूर्ण भत्केको सरस्वती युवा जागरण क्लबका अध्यक्ष चन्द्र प्रसाद चौधरीले जानकारी दिएका छन ।       हावाहुरीले जिल्लामा हवाहुरीले पुर्‍याएको क्षेतीको  एकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।