राजधानीको सामाखुसीस्थित एउटा निजी विद्यालयको छात्राबासबाट वेपत्ता चार विद्यार्थी पोखरामा फेला

कास्की – राजधानीको सामाखुसीस्थित एउटा निजी विद्यालयको छात्राबासबाट वेपत्ता चार विद्यार्थी शुक्रबार दिउँसो पोखरामा फेला परेका छन् । 


जेठ २ गते रातिदेखि हराएका प्याराडाइ पब्लिक स्कुलको छात्राबासबाट हराएका कक्षा २ का अजय श्रेष्ठ,  कक्षा ५ का राजेन्द्र पुन, कक्षा ८ का सुवास तामाङ र कक्षा १० का सरोजराज धानी छन् । उनीहरु १२ देखि १८ वर्ष उमेरका छन् ।


पोखराको नयाँबजारमा अवस्थित एचके होटल एण्ड रेष्टुरेण्टमा बसिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले फेला पारेको हो ।


होटल संचालकले विद्यार्थी हराएको समाचार थाहा पाएपछि शंका लागी प्रहरीलाई खबर गरेका थिए । दुई साता देखि बेपत्ता सबैलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।