माओवादीको आमहड्तालको कारणले स्थगित भएको कक्षा ११ को परीक्षा सुरु

भक्तपुर, जेष्ठ १६ – माओवादीको आमहड्तालको कारणले स्थगित भएको कक्षा ११ को परीक्षा आज आइतबार देखि सुरु  भएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ ।

यसपालीको कक्षा परीक्षामा देशभरिका चार लाख ३२ हजार २६० परीक्षार्थी सहभागी हुने परिषद्ले जनाएको छ ।  

परीक्षाका लागि ७८७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाका लागि प्रश्नपत्र सबै परीक्षा केन्द्रमा पुर्‍याइसकेको परीक्षा नियन्त्रक देवीप्रसाद बर्राकोटीले जानकारी दिनुभयो ।

परीक्षामा गत वर्षको तुलनामा एक लाख ५० हजार विद्यार्थी सङ्ख्या वृद्धि भएको पनि परिषद्ले जनाएको छ । रासस