बिषालु च्याउ खाएका एकै परिवारका तीन जनाको मृत्यु, सात जना बिरामी

नारायणगढ, जेष्ठ १७ – चितवनको विकट पहाडी लोथर गाबिस ९ कान्दामा जङ्गलबाट ल्याएको बिषालु च्याउ खाएका एकै परिवारका तीन जनाको आइतबार राति मृत्यु भएको छ । सात जना बिरामी छन् ।


शुक्रबार स्थानीय बाबुराम प्रजाले जङ्गलबाट ल्याएको च्याउ खाँदा परिबारका सदस्य शनिबार बिहान देखि नै बिरामी परेका थिए । मृत्यु हुनेमा घरमुली ६५ वर्षीय बाबुराम प्रजा, उनकी श्रीमती ६० बषिर्य मोतीमाया  र ३ बषिर्य नातिनि आइतिमाया  रहेको स्थानीय बिद्यालयका शिक्षक बालकृष्ण थपलियाले जनाए ।


च्याउ खाएर गम्भीर बिरामी परेका बाबुरामका छोरा २३ वर्षीय पुर्णबहादुर प्रजा, उनकी श्रीमती २० वर्षीया सरितामाया  र छोरी रितामाया त्यस्तै बाबुरामका कान्छा छोरा २० बषिर्य जितबहादुर  र उनकी श्रीमती १७ वर्षीया मन्जुमाया नाम नखुलेका उनका एक छोरा रहेका छन् । त्यस्तै बाबुरामकी ५८ बषिर्य कान्छी श्रीमती रहेकी छन् । उनको नाम खुलेको छैन ।


विकट भएकाले बिरामीलाई उपचारका लागी ल्याउन नसक्दा मृत्यु भएको शिक्षक थपलियाले बताएका छन् । शिक्षक थपलिया सहित केही स्थानीयवासिन्दाले बाबुरामका छोरालाई उपचारका लागी डोकोमा बोकेर सदरमुकाम तर्फ ल्याउदै गरेको बताए । अन्य बिरामीलाई साथै ल्याउन नसकीएको उनले जानकारी दिए ।