दुबईमा गणतन्त्र दिवश बिबिध कार्यक्रमका साथ मनाईयो / संघियता बिरुद्द सघर्ष समिति यूएई विस्तारित हुदै

गत शुक्रबारका दिन दुबईमा गणतन्त्र दिवश एक कार्यक्रमका बिच मनाइएको छ । संघियता बिरुद्ध संघर्ष समिति यूएईले आयोजना गरेको सो कार्यक्रममा  यूएईमा रहेका बिभिन्न समाजसेबी बुद्धिजिबी पत्रकार र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो । 
 
सहिदहरुप्रति मौनधारणगरी सुरुगरिएको कार्यक्रममा बिभिन्न वक्ताहरुले आ-आफ्नो तर्फबाट मन्तब्य ब्यक्तगर्दै गणतन्त्र र त्यस सन्धर्भमा आफ़्नो धारणा राखेको बताइएको छ ।  मन्तव्य व्यक्तगर्नेहरुमा डम्बर नेपाली, कृष्ण भुषाल, शिवराज जैसी, कृष्ण केसी, शेखर पौडेल, पुष्कर रिजाल, लालबहादुर पुन, शंकर ज्ञवाली, कृष्ण ढकाल  लगायत रहेका थिए।
 
अधिकांश बक्क्ताहरुले गणतन्त्रको बारेमा मन्तव्य व्यक्तगर्दै नेपाली जनताले धेरैसंघर्श र बलिदान दिएर ल्याएकोले यस्लाइ सबै मिलेर बचाई राख्नुपर्नेमा जोडदिएकाथिए र बिषेशगरेर राजनितिक नेताहरुले गणतन्त्रलाई बलियो बनाउन पहलगर्नुपर्नेमा जोडदिएकाथिए  । गण्ततन्त्रको साथमा संघियता भाईरस बनेर आएकोले यसलाईरोक्न वा ब्यबस्थित गर्नुपर्नेमा जोडदिएकाथिए । जनताको आन्दोलन निर्णायक हुनेभएकाले जे चाहेकाछन त्यसकोलागि जनताले पटक पटक आफ़्नो बलिदानि पुर्णा सर्षश गर्ने धारणा सो क्रममा बोल्ने वत्ता हरुले राखेका थिए । 
जनताले चुनेर पठाएका ६०१ सभासद्ले जनताको अभिभारा पुरानगरेको र कुसर्िकोलागि तानातान र भत्ता बुझ्नेकाम मात्र गरेको प्रति आक्रोश ब्यत्त गरिएको थियो । गणतन्त्रको स्थापनाको दिनलाई नेपाली जनताले कहिल्यै भुल्नसक्ने छैनन् किनभने नेपाली जनता रैतिभएर रहेकाथिए गणतन्त्रआएपछि आफ्नो हकअधिकार पाएकाछन् तर यो संबैधानिक हुनसकेकोछैन रपनि राजनैतिक समझदारीमा जनतालाई सार्बभौम बनाउनुपर्ने सन्धर्भमा सबै बत्ता हरुको जोड रहेको थियो । 
दुई चरणमा सम्पन्न भएको कार्यक्रममा संघियता संबन्धमा नेपालमा सयौंबर्षदेखि मेलमिलाप र सद्भावले रहेका जनतालाई बिभिन्न जातीय राज्य बिभाजनगरी जाती जाती बिचको एकतालाई बिखन्डनगर्न खोजेको त्यसमापनि केही जातिय राज्यबनाउने कुरा नेपाली जनतालाई मान्य नहुने यसले आक्रोशबड्ने र जाति जातिबिच लडाईहुने भएकाले यो कुनैहालतमापनि खारेजहुनुपर्नेमा जोडदिएकाथिए ।
सोही भेलाले संघियता बिरुद्द सघर्ष समिति यूएई कृष्ण ढकालको संयोजकमा २५ सदस्य कार्य समिति गठनगरी बिभिन्न बिभागीय जिम्मेबारी बाडफ़ाड गरेको जनाइएको छ । साथै ९ जना सदस्य रहेको सचिवालय समितिपनि गठनगरेको छ ।  यस सन्धर्भमा पुरा जानकारि भने प्राप्त भएको छैन  । उक्तकार्यक्रमको संचालन मानबहादर थापाले गरेकाथिए भने कार्यक्रमको अध्यक्षता शारदा प्रसाद भटट्राईले गरेको सो कार्यक्रम करिव ४ घण्टासम्म संचालन भएको दुबई बाट सन्चारकर्मी शंकर ज्ञवाली ले जानकारि दिएका छन ।