प्रवास आउने रहरसँगै जोखिमवाट बाँचौ र वचाउ – सन्धर्भ मध्यपुर्वका खाडि मुलुकमा परि आउने समस्या- राजन रिमाल

राजन रिमाल कुवैत हवाली
हाम्रो नेपाली समाजमा केहि बर्ष पहिला पुरुषहरु मात्र देश छोडि रोजि रोटिका लागी विदेश जाने गर्दथे तर आजको परिवेश त्यस्तो छैन महिला पनि पुरुष सरह कमाउन र आत्म निर्भर रहन सक्छन भन्ने कुरा समाजमा प्रष्ट देखिएको छ । आजकल नेपालका कतिपय जिल्ला र गाँऊमा महिलाहरु विदेशिने लहरै चलेको छ भन्दा फरक नपर्ला । साँच्चै भन्न पर्दा सबै नेपालीको यो नै मुख्य रोजगारिको आधार बनेको छ । खासगरी नेपाली महिलाहरु बिदेशिनुको कारण हाम्रा नाङगा आँखाले हेर्दा गरिबी मात्रै देखे पनि लुकेका कारणहरु अरु धेरै छन जस्तै:देशको बिग्रदो आर्थिक राजनैतिक अबस्था अशिक्षा बेरोजगारी समबन्ध बिच्छेद स्वतन्त्र जिउने चाहाना समाजको भड्किलो देखाशेखी चेतनाको कमी लैङगिक बिभेद र अन्य छन भने कुवेतको हकमा दलालहरुको चंगुलमा फस्नु वा विना पैसा घर बाट भागेर पनि कुवेत आउन मिल्ने अबस्था हो भन्न सकिन्छ । खासगरी खाडीमा कुवेत बहराईन ओमन साउदी अरब कतार र लेबनान जस्ता मुलुकमाहरुमा नेपाली महिलाहरुले धन कमाउने आशमा कष्टकर जिवन बिताई रहेका छन ।
 यी मुलुक मध्ये केहि मुलुकहरुलाई महिलाका लागी असुरक्षित गन्तब्य भनेर सरकारले बन्द गरे पनि बास्तविक अर्थमा बन्द हुन भएको पाईन्दैन । यी देशहरुमा नै बसेर नेपाली महिलाहरुले दैनिक रुपमा श्रम बेचेका छन यीनका लागि नखाउ भने दिन भरिको शिकार खाऊ भने कान्छा बाबुको अनुहार भन्ने ऊखान जस्तै भएको छ । यी देशमा नेपाली महिलाहरुले पाउने काम भनेको घर सरसफाईबुढाबुढिको रेखदेख बच्चा बच्चिको सुसार किल्नर ब्युटिसियनवेटर सेल्स लेडि अफिस लेडि र केहि एजेन्सी खोलि आफनै चेलिबेटिको ओसार पसारको काम बिदेशी दलालहरु सँग मिलेर गरेको पाईन्छ । कतिपय अबस्थामा भिषा २० खादिम मा काम गर्ने घरेलु कामदारहरुको अबस्था अरु भन्दा अझै दयनिय देखिन्छ । उनिहरु निम्न अबस्थामा स्पोन्सरलाई छोडि भागेको भेटिन्छ जस्तै:कुवैत एउटा विकसित मुलुक हो यहाँ जे जति कुरा अगाडि बढेका छन सबै प्रबिधिले नै अगाडि बढाएको छ । अशिक्षित महिलाहरु जमाना अनुसार चल्न नसक्नु वा ग्यास कुलरएसि भ्याकुम किल्नर फिर्जआईरन जस्ता सामानहरुको प्रयोग गर्न नजन्दा स्पोन्सरको किचकिच हुनु बिभिन्न खाले मानशिक र शारिरिक यातनाका साथ दबाबपुर्ण ब्यबहार हुनु समयमा तलब नदिनुफोन चलाउन नदिनुआफन्तहरु सँग भेटघाट गर्न नदिनु छुट्टि नदिनु खानपिनमा निगरानी राख्नु कुट्ने पिट्ने जस्ता समस्या छन भने जबरजस्ति यौन शोषण पनि मुख्य कारणमा पर्छ । यी त भए स्पोन्सरका घरमा हुने समस्या तर यहाँ ति समस्या सुन्ने नेपाली बंगाली र छिमेकि देशका नागरिकहरुले भित्रको समस्या सुनेपछि दिने सुझाब  र मायाको जाल बुनि स्पोन्सरको घर देखि बाहिर निकालेर खुशी सुखि राख्ने आश्वासनले गर्दा धेरै भन्दा धेरै नेपाली घरेलुकामदारहरु यीनैको बहकाउमा लागी ईलेगल बनेको पाईन्छ । तिनले बाहिर निकाली बेच बिखन गरेको पनि पाईन्छ ।
 
भागि सके पछिको अबस्थामा उनिहरुको चाहना पुलिस र कानुनको नजर बाट बचेर रहने हुने भएको हुदाँ कोहि कोठिमा मोबाईल यौन ब्यबसाय संन्चालन गर्ने गिरोह संग पुग्छन कोहि बस्नको लागि कुवेतका लागि गैरकानुनी रुपामा विवाह गरि बसेका हुन्छन तर यो अबस्थाका धेरै महिलाहरुले अवैध बच्चाहरु जन्माएको पनि उदाहरण प्रशस्त पाउन सकिन्छ । कुलतमा फसेर कुवेतको कानुनले बर्जित गरेका कामहरु जस्तै लागु औषध ओसार पसारमा संग्लग्न रहेको कुवेतका पत्रपत्रिकामा पढन पाईन्छ भने केहिले बाध्यात्मकरुपमा बेस्याबृति गरेका हुन्छन । खासगरि यो पंङतिकारले कुवेतमा रहेका केहि महिलाहरु संग सम्पर्क गरेको थियो ऊनिहरु भन्छन । यो गल्ती हामी हतारमा बिदेश पसि फुस्रदमा पछुताउने नेपालीको हो भन्ने पनि गरेका छन । यदि हामी बिदेश जादैछौ भने आफैले बिदेश जानु अघि बिदेशमा हुने समस्याको बारेमा जान्नु पर्ने हुन्छ । बिदेश गएर गर्ने काममा दक्ष हुनु पर्छ संबन्धित देशको भाषा सिकेर मात्र बिदेश जानु पर्ने हुन्छ दलालको बहकाउमा लागी रेल बा बस चढि बिदेश जाने सपना देखि हिड्न हुदैन त्यसो गर्दा मुम्बईको बेस्यालयमा धेरै नेपाली चेलीबेटिहरु सढेको कुरा अखबारमा पाईएका छन आफु जाने देशको नेपाली संघ सस्था नेपाली दुताबासको नाम ठेगाना र ईमेल आईडि टेलिफोन नंम्बर टिपि राख्नु पर्ने हुन्छ यि सबै आफैले गर्ने काम हुन भने सरकारको तर्फबाट पनि निशुल्क तालिमको ब्यबस्था मिलाई दिनु पर्ने अन्य राष्ट्रको एयरपोर्ट प्रयोग गरी महिला कामदारलाई बिदेश पठाउन नहुने  श्रममन्त्रालय र प्रराष्ट्रले संम्बन्धित देशको नेपाली नियोगले दिएको सुझाबलाई मध्यनजर राख्दै नियम र उपनियमहरुलाई परिमाजिर्त गर्नु पर्ने नेपाल एयरपोर्टबाट सजिलो संग आवत जावत गर्ने ब्यबस्था गरिनु पर्ने बताउछन ।
 

के नेपाली महिलाका लागि कुवैतमा कुनै अबसर छैन त ?
 
के नेपाली महिला कुवैतमा असुरक्षित छन त ?के कुवैतमा नेपाली महिलाहरुलाई कुनै अबसर छैन त?  साच्चै नेपाली महिला कुवैतमा असुरक्षित छन त ? को हो त यसको जिम्मेवार?  सवै नेपालीहरु भेडा बाख्रा जस्तै बेचिएका छन त  त्यसो त यहाँ दक्षु जनशक्तिको खाँचो छ । यदि नस्र ब्युटिसियनसेल्स लेडि बेटर कम्पनि किल्नर जस्तै ः स्कुल हस्पिटलसुपर मार्केट अफिस लेडि  जस्ता काममा भिषा  १८ सुन भिषामा  कुवैत आउने हो भने उनिहरुले पुरुष कामदारले भन्दा धेरै आय आर्जन गर्न सक्छन र गरेका उदाहरण पनि प्रशस्त छन । खास गरि घरेलुकामदारका लागि यो देशमा भयानक खतरा र नर्क सावित रहेको छ । सवै भन्दा पहिला नेपालबाटै आउने समयमा कुवैतमा रहेका खादिम  घरेलु भिषा  र  सुन भिषा को बारेमा जानकारि रहेको खण्डमा यि समस्या थोरै कम हुन सक्ला यस बारेमा कुवैतमा रहेका आम नेपाली संघ सस्था र दुतावासले सामुहिक प्रयास गर्यो भने एकाध बर्षमा यो समस्याको अन्त्य हुने छ । र फिलिपिनो सहकर्मि मारेको अभियोगमा जेलमा सढेकि डोल्मा शेर्पा जस्तै कोहि नेपाली फेरि जेलमा सढ्ने छैनन । ४ बर्ष देखि फर्वानियाको हस्पिटलमा सढेकि शान्ति कुमारी डोङ जस्तै कोहि कुवैतमा बेखबर हुने छैनन फेरि सिता सावित्री जानकीले जस्तै नाजायज शिशु पाउने छैनन । शान्त मायाले जस्तै आफैले पाएको शिशु बेच्ने छैनन । अस्मिताहरुले जस्तै भु्रण हत्या गर्ने छैनन । 
 
यहाँ उठाउनै पर्ने कुरा त के छ भने कुवैतमा घरेलुकामदारले पठाएको रेमिट्यान्स बाट देश हाक्ने भडुवा मन्त्रीहरुले केहि गर्नेवाला छैनन कुर्शिका लागि लडाई लड्नेहरु जनताको रगतमा होलि खेल्नेहरु शहिदका सपना कुठाराघात गर्ने र सत्ता बाहिर हुदाँ ननिदाउने र सत्तामा पुगे पछि कुम्भकर्ण जस्तै निदाएको बहाना गर्ने सामान्ति सोच राख्नेहरुले माखो मार्दैनन । यदि कुवेतमा बेचिएकाहेपिएका अलपत्र परेका थुनिएका यौन पिपाशुहरुको पंाजा बाट नेपाली महिलाहरुलाई निकाल्न चाहान्थे भने पक्कै पनि नेपाली दुतावासले भारतिय बाटो हुदै कुवैतमा नेपाली महिला कामदार नपठाउनु भनि पटक पटक गरेको आग्रह सुन्ने थिए होलान तर त्यसो हुन सकेन किनकि भारतीय बाटो रोक्ना साथ उनिहरुले त्यस बापत पाउने कमिशन पनि सगै रोकिने हुन्छ । तसर्थ कुवैतमा रहनु हुने सम्पुर्ण बुद्धिजिविब्यापारि पत्रकार समाजसेवीतथा सर्वसाधारणहरु सवै एक न एक तरिकाबाट कुवेतमा रहेका सबै नेपाली संग जोडिएका छ ।
हाम्रो सानो सुचना र सुझाब पिडितहरुलाई ठुलो हुन सक्छ । सबैलाई कुवैतमा नेपाली दुताबास रहेको जानकारी गराउ । दुताबासको टेलिफोन नंबर उपलब्ध गराई सहयोग गरौ । हामी नेपालीले नै नेपाली चेलिबेटि बेच बिखन तथा घर बाट भगाउने प्रलोभनमा फसाउने थुन्ने धम्काउने र बेच्ने जस्ताकाम नगरौ यदि कसैले गरेको थाहा पाएमा गोप्य सूचना पत्रकार तथा दुताबासलाई उपलब्ध गराउ किनकि एक नेपाली अर्को नेपालीका लागि हो । दुःख सुखमा साथ सहयोग दिनु हाम्रो कर्तब्य हो ।  अस्तु
(तनहु स्थाइ घर भै हाल कुवेतमा कार्यरत पत्रकार राजन रिमाल एक शशत्त सन्चारकर्मि हुनुहुन्छ । स्मरण रहोस गएको केहि दिन पहिला उहालाइ अन्लाइन वेबसाईटमा समाचार लेखेकै भरमा आपराधिक समुह बाट ज्यान मार्ने धम्कि समेत आएको थियो ।) – उमाकान्त पाण्डे गाउले – मध्यपुर्व स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि – अर्घाखाचि टाईम्स