पेरिस, जुन १, विश्व नम्बर-१ रोजर फेडेरर फ्रेन्च ओपन टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । फ्रान्सको राजधानी पेरिसमा भएको खेलमा स्टनीसलेसलाई ६-३, ६-२ र ७-६ को सेटमा पराजित गर्दै फेडेरर प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
यसबाहेक, अन्य खेलहरूमा एण्डि मुरेलाई ६-४, ७-५ र ६-३ को सेटमा पारजितगर्दै थमस बर्डिच तथा मरिन क्लेसलाई ६-४, ६-४ र ६-२ को सेटमा पराजितगर्दै रोबिन सेडेरेलिङ प्रतियोगीताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
महिला तर्फको खेलमा भने भेनस विलियमसलाई पराजितगर्दै नाडीया पेट्रोभा र चेल्नली सेचेपेरेसलाई पराजितगर्दै एलिना डेमेनटिभा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।