माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवासलाई सुरक्षा दिने घरमा एसएमजी हतियारबाट गोली पड्कियो

काठमाडौं – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवासलाई सुरक्षा दिने घरमा एसएमजी हतियारबाट गोली पड्किएको छ। सुरक्षामा खटिएका माओवादी सेनाले ड्युटी बदली गर्दा असावधानीबस हतियार खसेर पड्किएको दाहाल पुत्र प्रकाशले बताए।

 

हतियारबाट निस्केको गोली दाहाल निवास ठिक अगाडि रहेको माओवादी सेनाको सुरक्षा टोली बस्ने घरको  भित्तामा लागेको छ। भित्तामा दुई गोली र सिलिङमा एक गोली लागेको छ।  गोली पड्कँदा अन्य कुनै किसिमको क्षति भएको छैन। 

दाहालको सुरक्षा टोली तल्लो तला भाडामा लिएर सो घरमा बस्दै आएको छ।