मानिसले हर सात सेकेन्डमा सेक्स बारेमा सोच्ने गर्छ


एक सर्भेकाअनुसार पुरुष हरेक सात सेकेण्डमा सेक्सका बारेमा सोच्ने गर्दछन् । त्यसो त प्रायः मानिन्छ कि पुरुष यसबारेमा बढी सोच्ने गर्दछन्। किनभने यदि हामी एक पुरुष एक दिनमा १६ घण्टा जागा रहन्छ भने प्रत्येक पुरुष दिनभरमा करिब ८ हजार पटक सेक्सका विषयमा सोच्ने गर्दछ ।



द सोसल अर्गनाइजेसन अफ सेक्स्युअलिटीः सेक्स्युअल प्रेक्टिसेस इन द युनाइटेड स्टेट्सद्वारा गरिएको सर्भेकाअनुसार यो कुरा केही हदसम्म सही देखिन्छ सर्भेकाअनुसार २४ प्रतिशत पुरुष प्रतिदिन सेक्सका विषयमा सामान्यतः सोचिरहन्छन् । जबकि ४३ प्रतिशत पुरुष महिनामा वा सातामा एक पटकसम्म मात्र यस विषयमा सोच्ने गर्दछन् । यही ४ प्रतिशत पुरुष सेक्सका विषयमा महिनामा एक पटक सोच्ने गर्दछन् । यसरी तथ्य निकाल्ने हो अधिकांश पुरुष हरेक सात सेकेण्डमा एक पटक सेक्सका विषयमा सोच्ने गर्दछन् ।



यही अर्कोतर्फ यही प्रश्न महिलालाई गरिएकोमा १९ प्रतिशत महिला मात्र दिनमा सेक्सका विषयमा कयौ पटक सोच्ने गर्दछन् । त्यस्तै ६७ प्रतिशत महिला महिनामा वा सातामा एक दुई पटक मात्र यस विषयमा सोच्ने गर्दछन् । साथै १४ प्रतिशत महिला महिनामा एकभन्दा पनि कम यस विषयमा सोच्ने गर्दछन् । यस तथ्यलाई गम्भीर रुपमा लिने हो भने महिलाहरु सेक्सका विषयमा पुरुषको तुलनामा कम सोच्ने गर्दछन् भन्ने देखिन आउछ । – बिबिध स्रोत बाट अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउले द्वारा सकलन गरिएको