बीचमा नै पढाई छाडेका र बिद्यालय गएर नियमित रुपमा अध्ययन गर्न नसक्नेहरुको सुबिधाका लागि पर्वत जिल्लामा पहिलो पटक खुल्ला बिद्यालय साचालनमा आएको छ । सदरमुकाम कुस्माबजारस्थित शिवालय नमुना उच्चमाविले खुल्ला विद्यालय शुरु गरेको हो । विद्यालयले यो वर्षदेखि भर्ना शुरु गरेर पठनपाठन समेत शुरु गरेको प्राचार्य डाक्टर चुडामणी शर्माले जानकारी दिनुभयो । विद्यालयमा आठ कक्षाको पढाई सकेर छाडेका र १५ बर्षभन्दा माथि उमेरका बिद्यार्थीलाई भर्ना गरिने छ । बिद्यालयमा स्वअध्ययन र ३५ दिन नियमित रुपमा एक बर्ष सम्म पढाई पुरा एसएसली परिक्षामा सहभागी हुन पाउने छन ।



