महिला राष्ट्रिय लिग क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण काठमाडौं जित

Click on the slide!

विनोद पाण्डेका, काठमाडौं, जेठ २३ – काठमाडौं क्षेत्र नं.३ ले वाइवाई महिला राष्ट्रिय लिग क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण जितेको छ। आइतबार भएको फाइनलमा काठमाडौले पहिलो पटक नेपालगञ्जलाई ८ रनले पराजित गरेको हो।

 

२०६३ सालको पहिलो संस्करण नेपालगन्जले जितेको थियो। २०६५ मा भएको दोस्रो संस्करण बैतडी (क्षेत्र नं. ६) ले जित्दा नेपालगन्ज फाइनलमा पुग्न सकेको थिएन्।

काठमाडौंले टस जितेर व्याटिङ गरेको थियो। १६ ओभरमा ५४ रनमा काठमाडौं अल आउट भएको थियो। श्रद्ध अर्यालले १७ रन बनाइन। नेपालगञ्जबाट सीता शाही र विनु बुढामगरले चार चार तथा कप्तान नेरी थापामगर र सामना पुन मगरले एक एक विकेट लिएका थिए।

जवाफमा आएको नेपालगञ्ज १६ दशमलव ४ ओभरमा ४६ रनमा अल आउट भयो।

काठमाडौंकी कप्तान मीरा राजोपाध्यायले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ५ विकेट लिई टोलीलाई अप्रत्यक्ष विजय दिलाएकी थिइन्। त्यस्तै श्रद्धा र गीता खड्काले २ २ तथा गीता सुडालले १ विकेट लिइन्।

नेपालगञ्जका लागि मनिषा रावलले १० रन बाहेक अन्यले दोहरो स्कोर बनाउन सकेनन्। मिरा फाइनलको विमन अफ दी फाइनल भइन्। 

 

 

नागरिक