कपिलवस्तु । अवैध रूपमा भारतबाट समान पैठारी गर्ने गिरोहले मुद्रा सटही काउन्टरमा अधिपत्य जमाएपछि स्थानीय सर्वसाधारणले व्यापारीबाट अधिकत्तम रुपैयाँ तिरेर भारतीय रुपैयाँ खरिद गर्नु परेको छ ।
जिल्लाका करिब एक दर्जन मुद्रा सटही काउन्टर (मनी चेन्जर ) मा भारतीय मुद्राको अभाव भएपछि राष्ट्र बैंकले निर्धारण गरेभन्दा धेरै तिरेर सर्वसाधारणले भारतीय रुपैयाँ खरिद गर्न बाध्य छन् ।
राष्ट्र बैंकले भारु १ सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा निर्धारण गरेको भए पनि सर्वसाधारणले १ सय भारुको १ सय ७० रुपैयाँसम्म तिर्ने गरेका छन् । स्थानीय बासिन्दाले बैंकको फितालो अनुगमन, बैंक कर्मचारी र मनी चेन्जरहरूको मिलोमतोका कारण भारु अभाव भएको बताए ।
जिल्लाका मनी चेन्जरले दैनिक ५० लाखभन्दा धेरै भारु माग रहे पनि राष्ट्र बैंकले दैनिक करिब ३ लाख भारतीय रुपैयाँमात्र उपलब्ध गराउँदै आएको बताए । तौलिहवाका सुनिल पाण्डेयले एक सय भारुको एक सय ७० दिएर व्यापारीसँग १५ हजार भारु लिएको बताए । उनले भने,