कैलालीमा श्रीमतीले पतिको हत्या, शव घरको सेफ्टी ट्याङ्कीमा फालेको अवस्थामा फेला

कैलाली, जेष्ठ २३ – कैलाली फुलवारी गाविस ७ का ५४ वर्षीय ठग बआदुर बुढाथोकीलाई श्रीमतीले हत्या गरेकी छन् ।

 मृतक बुढाथोकीको शव घरको सेफ्टी ट्याङ्कीमा फालेको अवस्थामा फेला परेको थियो ।  गत १९ गते  हत्या गरि शव त्यहाँ फालिएको हुनसक्ने प्रहरीले जनाएको छ । छिमेकमा शवको गन्ध आएपछि स्थानीयवासीले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले सेफ्टी ट्याङकीबाट शव निकाल्दा शरीरभरी नीलडाम थियो । ३२ बर्षीय  श्रीमती  शोभा बुढाथोकी फरार छिन । प्रहरीले हत्याको छानवीन गर्न तीनजनालाई  पक्राउ गरेको छ ।