एक वर्षमा ८५ हजार १३९ वटा कन्डम वितरण

भक्तपुर – नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखा जडिबुटीले एक वर्षमा ८५ हजार १३९ वटा कन्डम वितरण गरेको छ ।


सङ्घको वाषिर्क कार्यक्रमका अवसरमा सङ्घका  उपत्यका शाखा प्रबन्धक शरदकुमार अर्यालले शाखाले  मात्र उपत्यकामा यति धरै कण्डम वितरण निःशुल्क वितरण गरेको बताउनुभयो ।


शाखाले काठमाडौँको कोटेश्वर, जडिबुटी, पेप्सीकोला, भक्तपुरको लोकन्थली, बालकोट, थिमी, गठ्ठाघर, ललितपुरको बालकुमारी, टीकाथलीलगायत विभिन्न ठाउँमा बस्ने युवाले आफैँले शाखामा सम्पर्क गरी कण्डम लगेको जानकारी उहाँले दिनुभयो ।


भक्तपुर, काठमाडौँ, चल्ने विभिन्न रुटका मिनीबसलगायतका सवारीसाधनका चालक, परिचालक, विभिन्न कारखानाका मजदुर तथा श्रमिकले निःशुल्क कण्डम लाने गरेका छन् ।


सङ्घको ३३ औँ वाषिर्कोत्सवमा अर्यालले परिवारनियोजनको अस्थायी सेवा, यौन सङ्क्रमण र एचआइभी/एड्सजस्ता जोखिमबाट बच्न शाखाले दुई हजार चारसय ग्राहकलाई नियमितरुपमा कन्डम दिने गरेको बताउनुभयो ।


शाखाले कन्डमका साथै असहाय, गरिब, जनजाति, दलित, महिलालाई निःशुल्करुपमा डिपो, आइयुडी, नरप्लान्टलगायतका परिवार नियोजनका अस्थायी साधन उपलब्ध गराउँदै आएको छ ।