इंग्ल्यान्ड र ब्राजिल विजयी

जोहानेसबर्ग -एपी)- विश्वकपका लागि सोमबार भएका मैत्रीपूर्ण अभ्यास खेलमा इंग्ल्यान्ड र ब्राजिलले दुई फरक खाले जित हात पारे । ब्राजिलले तान्जानियालाई ५-१ ले पराजित गर्दा टिमको प्रदर्शन प्रभावशाली रह्यो । इंग्ल्यान्डले प्लाटिनियम स्टारविरुद्ध रचेको ३-० जितमा खेलाडी उत्कृष्ट लयमा देखिएनन् । त्यसमा वायन रोनीले रेप|mीविरुद्ध दुव्र्यवहार गरेका थिए र विश्लेषकले विश्वकपमा पनि उनको व्यवहार यस्तै रहने भने हो रातो कार्डको सिकार हुने चेतावनी दिए ।