१९ औं विश्वकपको पहिलो गोल आयोजकको नै


 काठमाडौं – दक्षिण अफ्रिकाको जोहानेशबर्गमा शुक्रबारदेखि सुरु भएको १९ औं विश्वकपको पहिलो गोल आयोजकले नै गरेको छ ।

९४ हजार दर्शक क्षमताको सकर सिटी रंगशालामा भएको उदघाटन खेलमा दक्षिण अफ्रिकाले ५५ औं मिनेटमा घरेलु मैदानमा १९ औं विश्वकपको पहिलो गोल लगाएको हो । गोल लगाएलगत्तै दक्षिण अफ्रिकी नागरिकहरु खुशीले नाचेका थिए ।

खेलको ७९ औं मिनेटमा मेक्सिको गोल लगाएपछि खेल बराबरीमा पुग्यो ।