किर्गिजस्तानको अन्तरिम सरकारले आफ्नो देशको दोश्रो ठूलो शहर ओशमा भएको हिंसा अन्त्य गर्न मद्दतका लागि सेना पठाउन रूसलाई अनुरोध

किर्गिजस्तानको अन्तरिम सरकारले आफ्नो देशको दोश्रो ठूलो शहर ओशमा भएको हिंसा अन्त्य गर्न मद्दतका लागि सेना पठाउन रूसलाई अनुरोध गरेको छ।

किर्गिज र उज्बेक समुदायबीच संघर्ष चर्केपछि हजारौ उज्बेकहरु ओशबाट भागेर गइरहेका छन।


गएको अप्रिलमा राष्ट्रपति कुर्मानबेक बाकियेभलाई अपदस्थ गरिएयताको सबभन्दा गंभीर हिंसामा पचासजनाको ज्यान गइसकेको छ र ६०० भन्दा बढी घाइते भएका छन।


हतास


हजारौ जातीय उज्बेकहरु ओश नजीकैको किर्गिज सीमानिर जम्मा भइरहेका छन।


महिलाल, केटाकेटी, बुढाबुढी र अशक्तहरु सीमा पार गरेर छिमेकी उज्बेकिस्तान जान खोजिरहेका छन।


सीमा पार गर्न खोज्दा कम्तीमा एकजना बच्चाको किच्चिएर ज्यान गएको थियो।


उज्बेकहरुले शरणार्थीहरुका लागि बाटो खुल्ला गरिदिएजस्तो छ।


सीमारक्षकहरुले एक एक गरी उनीहरुलाई आउन दिइरहेको देखिएको थियो। प्रत्येक मानिस हतास थिए।


आइमाइहरुका आँखामा आँसू थियो।

images

उनीहरु अन्तर्रष्ट्रिय सहयोगको अपील गरिरहेका थिए।


उनीहरुका अनुसार उनीहरुका घर जलाइएको थियो र उनीहरुको कतै जाने ठाउँ छैन।

images

पानी खानेकुरा र बस्ने ठाउँको अभाव छ।


स्थानीय बासिन्दाहरू भन्छन सीमासम्म आउन नसकेका सयौं मानिसहरु आफ्ना गाउँघरमा अपलत्र परेका छन।

images

उनीहरुको दावी छ सशस्त्र जातीय किर्गिज जत्थालाई मद्दत पुग्ने गरी सशस्त्र वाहनहरुबाट मानिसहरुमाथि गोली ताकिएको छ।


प्रत्यक्षदर्शीहरुले  बताएअनुसार धेरै मानिसहरुलाई गोली हानेर मारिएको छ तर उनीहरुको शवलाई त्याहाँबाट ल्याउन असंभव छ।


किर्गिजस्तानको दक्षिणी शहर ओशमा विध्वंशकारी हिंसाको शनिबार दोश्रो दिन हो।


प्रतिद्वन्द्वी जातीय यूवा किर्गिज र उज्बेक समूहहरुका बीच बिहीबार राती भएको झडपपछि हिंसा भड्केको थियो।

Nepal life insurance

कोशिश


त्यसपछि दंगा लूटपाट र ठूलो अशान्ति मच्चिएको थियो।


सयौं मानिसहरु घाइते छन् तर स्वास्थ मन्त्रालयले खानेकुरा र हेरविचारको कमी भएको जनाएको छ।


एकजना सरकारी प्रवक्ताले बीबीसीलाई भने, “स्थिति एकदम अपठेरो छ र मानिसहरुलाई अरुठाउँबाट ओशतिर आउन रोक्न सैनिकहरुले कोशिश गरिहेका छन।”