विश्वक फुटबल: पाराग्वे र इटलीले एक/एक गोल

Paraguay_Goal

विश्वक फुटबल प्रतियोगिताको ग्रुप एफमा रहेका राष्ट्रमध्ये इटली र पाराग्वेबीच दक्षिण अफ्रीकाको केप टाउनस्थित ग्रीन पोइन्ट स्टेडियममा भएको खेलमा पाराग्वे र इटलीले एक/एक गोल गरेका छन्।


विश्वकप फुटबलको दाबेदार राष्ट्र मानिएको इटलीलाई फ्री किकमा पाएको मौकाको सदुपयोग गर्दै इटलीविरुद्ध गोल गरेको थियो। खेलको ३९ औं मिनेटमा पाराग्वेका २१ नं.जर्सी खेलाडी एनटोलिन अल्काराजले फ्री किकको सदुपयोग गर्दै गोल गरेको हुन्।


पहिलो हाल्फमा गोल खाएको इटलीले दोस्रो हाल्फमा पाराग्वेलाई गोल फर्काएको हो। खेलको ६३ औं मिनेटमा इटलीका जर्सी नं. ६ का खेलाडी डेनेइल डि रोसीले गोल गरेर खेललाई बराबरी बनाए ।


खेलको ५४ औं मिनेटमा इटलीका भेराको पासलाई पेपेले सदुपयोग गर्न सकेनन्। यद्यपि उनको प्रयास भने प्रसंशनीय थियो। खेल अवधिभरी दुवै देशले एक/एक पहलो कार्ड पाएका थिए । पाराग्वेका डिफेन्डर अल्काराज म्यान अफ दी म्याच भए । उनले पाराग्वेको लागि एक गोल गरेका थिए । बराबरी खेलेका पाराग्वे र इटलीले एक/एक अंक जोडेका छन्।