नयाँ बजेट प्रस्तुत गरिनुपर्ने बेला जथाभावी पैसा खर्च गर्ने क्रम जारी, अर्थविद्हरुले गम्भीर चिन्ता व्यक्त

असार मसान्तमा नयाँ बजेट प्रस्तुत गरिनुपर्ने बेला सरकारले विभिन्न राजनीतिक दलका नेताहरुको दबाबमा उनीहरुको निर्वाचन क्षेत्रमा बाँड्न भनेर दिएको भनिएको खर्च बालुवामा पानी हाले बराबर हुने अर्थविद्हरुले बताएका छन्।

 

आर्थिक वर्षको अन्ततिर आइपुगेपछि विभिन्न बहानामा जथाभावी पैसा खर्च गर्ने क्रम जारी रहेको समाचारहरूप्रति अर्थविद्हरुले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

भुक्तानी सन्तुलनमा देखिएको अर्बौं रुपियाँको घाटाले अर्थतन्त्र नाजुक बनिरहेको समयमा समेत हतार, हतारमा जथाभावी गरिने खर्चले भ्रष्टाचारलाई मलजल पु-याउने उनीहरूको धारणा छ।


राष्ट्रिय योजना आयोगका भूतपूर्व उपाध्यक्ष डा. पीताम्बर शर्माले त्यसरी गरिने खर्चको कुनै प्रतिफल प्राप्त नुहने बताए।


“यो त राज्यले भ्रष्टाचारको पक्षपोषण गरेको सोझो उदाहरण हो।