विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत स्लोभाकिया र न्युजिल्याण्डबीचको खेल बराबर

दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल प्रतियोगिताको मंगलबार भएको ग्रुप एफ अन्तर्गत स्लोभाकिया र न्युजिल्याण्डबीचको खेल बराबरीमा सकिएको छ। निकै प्रतिस्पर्धात्मक खेलमा दुवैतर्फबाट एक/एक गोल भएको थियो।


निकै प्रयासहरु भए पनि पहिलो हाल्फमा कुनै  गोल हुन सकेको थिएन ।


पहिलो हाल्फ दुवै तर्फबाट गोल हुन नकसे पनि दोस्रो हाल्फमा स्लोभाकियाका जर्सी नं. ११ का खेलाडी रोबर्ट भित्तेकले सिस्टेकको पासलाई हेडले गोलमा परिणत गरे । त्यसपछि न्युजिल्याण्ड केही दबाबमा रह्यो । तर खेलको अन्तिमतिर न्युजिल्याण्ड केही आक्रमक रुपमा प्रस्तुत भयो । खेल स्लोभाकियाको पक्षमा जाने निश्चित भैसकेको थियो तर खेलमा तीन मिनेट लम्बियो । थपिएको तीन मिनेटलाई सदुपयोग गर्दै न्युजिल्याण्डका खेलाडीले गोल गरेपछि खेल बराबरीमा सकिएको हो।


खेल सकिन एक मिनेटमात्र बाँकी हुँदा न्युजिल्याण्डका जर्सी नं. ४ का खेलाडी विस्टन रेइडले गोल गरेर खेललाई बराबरीमा ल्याए । पहेलो कार्डको सामना गरेका उनले हेडबाट गोल गरेका हुन्।


न्युजिल्याण्डले दुई वटा र स्लोभाकियाले एउटा पहेलो कार्डको सामना गरे । खेल अवधिभर न्युजिल्याण्डले आठ पटक गोलपोष्टमा प्रहार गर्‍यो भने स्लोभाकियाले १३ पटक । स्लोभाकियाको पक्षमा गोल गरेका रोबर्ट भित्तेक नै म्यान आफ दी म्याच भए ।


बराबरी खेलेका न्यजिल्याण्ड र स्लोभाकियाले एक/एक अंक बटुलेका छन्।