पोर्चुगल र आइभरिकोष्टबीच भएको फुटबल प्रतियोगिता गोल रहित बराबरी

POR_IVIविश्वकप फुटबलको दाबेदार राष्ट्र मानिएको पोर्चुगल र स्टार खेलाडी रहेको आइभरिकोष्टबीच भएको फुटबल प्रतियोगिता गोल रहित बराबरीमा सकिएको छ। दुवै राष्ट्रका खेलाडीले गोल गर्ने मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।


विश्वका चर्चित र महंगा खेलाडी क्रिष्टियानो रोनाल्डो रहेको पोर्चुगल र स्टार खेलाडी र धेरैले आशा गरेका डिडेइर ड्रोग्बा रहेको आइभरिकोष्टबीच भएको प्रतियोगिता निकै रोमाञ्चक थियो। खेल पण्डितहरुले ड्रोग्बाले राम्रो खेले आइभरिकोष्टले जित्ने भविष्यवाणी गरेको थिए । यद्यपि उनले राम्रो खेल्दा खेल्दै पनि खेलमा कुनै गोल गर्न सकेनन्। चेल्सीमा रहेका आइभरिकोष्टका ११ नं.जर्सीका खेलाडी ड्रोग्बाले खेल अवधिभर कुनै चमत्कार गर्न भने सकेनन्।  ६९ अन्तर्राष्ट्रिय खेलमा सहभागी भएको उनले ४१ गोल गरेका छन्।


त्यस्तै निकै आशा गरिएका पोर्चुगलका ७ नं.जर्सीका खेलाडी रोनाल्डोले पनि खेलमा कुनै गोल गर्न सकेनन्। ७३ अन्तर्राष्ट्रिय खेलमा सहभागी रोनाल्डोल मात्र २२ गोल गरेका छन्। यद्यपि उनले गोल गर्ने तीन मौका पाए पनि कुनैलाई सदुपयोग गर्न सकेनन्। उनको उत्कृष्ठ सुट गरे पनि आइभरिकोष्टका गोल रक्षकले त्यसलाई असफल पारि दिए । खेलामा राम्रो खेल्दा खेल्दै पनि रियल म्याड्रीडका खेलाडी रोनाल्डोले एक पहेलो कार्डको सामना गर्नु पर्‍यो । उनले खेलको २१ औं मिनेटमा पहेलो कार्ड पाए । उत्कृष्ट खेलकै कारण उनी नै म्यान अफ दी म्याच भए ।
आइभरिकोष्टका दुई खेलाडीले पनि पहेलो कार्ड पाएका थिए । आइभरिकोष्टका ५ नं.जर्सीका खेलाडी जोकोरा र २० नं.का खेलाडी डेमेलले पहेलो कार्ड पाएका थिए । खेल दुवै पक्षबाट आक्रमक थियो।


तीन मिनेट समय बढाइए पनि दुवै पक्षबाट गोल हुन नसकेपछि अन्ततःखेल बराबरीमै सकियो । खेल दक्षिण अफ्रीकाको पोर्ट इलिजाबेथस्थित नेल्सन मण्डेला बे स्टेडियममा भएको थियो। बराबरी खेलेका दुवै राष्ट्रले एक/एक अंक बटुलेका छन्।