धानको लागि महत्पूर्ण तराईका केही जिल्लामा करीब पाँच प्रतिशत खेत बाँझै रहेपछि अनुमान गरेभन्दा डेढ लाख टनले धान उत्पादन घट्ने भएको अधिकारीहरुले जनाएका छन्।
कुल आर्थिक वृद्धिमा बीस प्रतिशत हिस्सा ओगट्ने धान उत्पादन घट्नासाथ सरकारको आर्थिक लक्ष्यहरु डाँवाडोल हुने चिन्ता बढेको छ।
परार ४५ लाख टन धान फलेको किर्तिमानपछि पोहोर ह्वात्तै तीन लाख टनले धान उत्पादन घटेको थियो।
यसपाली त्यति धेरै नघटेपनि परारको किर्तिमानभन्दा निकै कम धान उत्पादन हुने अनुमान छ।
कारण के त?
कृषि मन्त्रालयका प्रवक्ता डा हरि दाहालको जवाफ छ,



