मेरो वफादार मोटरसाईकल र नेपाली नेताहरू

– अकेला श्रेष्ठ – बिष्लेशक 


 आजभन्दा केही दशक अघिसम्म म पनि लक्का जवान थिएा । मेरो पनि नसा-नसा र अङ्ग-प्रत्यङ्गमा जवानीको खून त्यसरी नै दौडिएको हुन्थ्यो, जसरी कि आजका युवाहरुमा दौडिने गरेको छ । उन्मत्त जवानीको जोसमा उटपटाङ्ग हर्कत त यति गरिन्थ्यो कि जहिल्यै पनि बडाको खप्की खानुपर्दथ्यो र घरदेखि बेघर हुनुपर्दथ्यो । बिल्कूल त्यसरी नै, जसरी कि आजका नेपाली नेताहरु । जवानीको जोशमा होस नहुनालेसेकेण्ड हैण्डको थोत्रो मोटरसाईकल किनेर मैले जुन गल्ति गरेा, अनाहकका कुरामा हत्ते हाल्नेहरुका लागि सिको बन्नसक्ने हुादा आज यही पस्केको छु ।
मोटरसाईकल धनीले त पहिल्यै भनेको थियो कि मैले किन्नलागेको मोटरसाईकल थोत्रै भए पनि बडो वफादार छ । मोटरसाईकललाई पनि वफादार भनेको सुन्दा मलाइ आश्चर्य लाग्यो र सोधेा पनि-मेसिनरी चिज पनि कतै वफादार हुन्छ ? उसले भन्यो-हुन्छ नि