काठमाडौं , कार्तिक २६ – एसियाली प्रतियोगिताको कुम्भमेला १६ औं एसियाली खेलकुद (एसियाड) शुक्रबार चीनको गोन्जाउमा सुरु हुँदैछ ।
सन् २००८ मा ओलम्पिकको सफलतापूर्वक आयोजना गरेको चीनले यस प्रतियोगितालाई अझ भव्य बनाउने जनाएको छ । प्रतियोगितामा ३ हजार ९ सय ८९ पदकका लागि ४५ देशका ९ हजार ७ सय ४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
यो खेलाडी संख्या अहिलेसम्मकै बढी हो । नेपालबाट २० खेलमा १ सय ४२ खेलाडी सहभागी हुँदैछन् ।



