चीनको ग्वान्जाओमा जारी १६औं एसियाली खेलकुद प्रतियोगितामा नेपाली टेनिस खेलाडीहरु क्वाटर फाइनलमा प्रवेश

काठमाडौ । चीनको ग्वान्जाओमा जारी १६औं एसियाली खेलकुद प्रतियोगितामा नेपाली टेनिस खेलाडीहरु मालिका राणा र अश्लेषा लिसोनाबीच महिला टीम प्रतिस्पर्धाको क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

मंगोलियालाई ३ -० ले हराउँदै नेपाल क्वाटर फाइनलमा प्रवेश गरेको हो । महिला सिंगल्समा मालिकाले मंगोलियन खेलाडीलाई ६-३ र ७-५ को नतिजामा हराउनु भएको थियो ।


अश्लेषाले पहिलो सेट २६ ले गुमाएपनि बाँकी २ सेट ६-३ र ६-१ले जित्नु भएपछि नेपालले खेलमा २-० को अग्रता बनायो । महिला डबल्समा मालिका र अश्लेषाले ६-० र ६-० को सोझो सेटको जीतका साथ मंगोलियालाई  ३-०ले हराउन सफल रहे ।


नेपालले अब जापानसँग प्रतिस्पर्धा गर्ने छ । उसु खेलाडीहरुले भने निरासाजनक प्रदर्शन गरेका छन् । यसअघि जापानसँग आमनेसामने भएको नेपाली महिला क्रिकेट टोली १० विकेटले पराजित भएको थियो ।