हेटौँडामा ज्ञानमहायज्ञ सहयोग समिति गठन।

 हेटौँडा अस्पतालको स्तरोन्नतिका लागि अर्थ सङ्कलन गर्ने उद्देश्यले आयोजना गर्नलागिएको महायज्ञको सहयोगार्थ नगरपालिकाको वडास्तरमा सहयोग समिति गठन गरिएको छ ।हेटौँडा नगरपालिका वडा नं। ५ र ६ मा सोमवार भएको स्थानीय वासिन्दाको भेलावाट सहयोग समिति गठन गरिएको हो ।
स्थानीय वासिन्दाको भेलाले वडा नं। ५ मा देवीप्रसाद दाहालको संयोजकत्वमा सरस्वति दाहाल सहसंयोजक र यमबहादुर श्रेष्ठ सचिव रहेको समिति गठन गरिएको छ ।
यसैगरी वडा नं। ६ मा हरिप्रसाद सिग्देलको संयोजकत्वमा सहयोग समिति गठन गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ मूल तयारी समितिका संयोजक एवम् हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष राजीव सुवेदीले वताउनुभयो ।
समितिको सहसंयोजकमा गोपालप्रसाद दुलाल र साधुराम चौलागाईँ तथा सचिवमा केशव वोहरा रहनु भएको छ ।
यसैगरी महायज्ञको तयारी र सहयोगका सम्बन्धमा तयारी समितिले जिल्लामा कार्यरत गैरसरकारी सस्ंथाका पदाधिकारीहरुसँग सोमवार छलफल गरेको छ ।
छलफलमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ मूल तयारी समितिका संयोजक राजीव सुवेदी सहसंयोजक प्रकाश पौडेल महासचिव मुनु सिग्देल सचिव विष्णु लामिछाने सहसचिव राजेन्द्र पाण्डे लगायतको सहभागिता रहेको थियो ।