१६औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपालद्वारा हङकङ पराजित

काठमाडौ । १६औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनको ग्वाङझाउमा जारी खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको आफ्नो दोस्रो खेलमा आज नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको छ ।


हङकङले प्रस्तुत गरेको ७३ रनको लक्ष नेपालले १५.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । जितसँगै नेपालको पदकको आशा यथावत रहेको छ । नेपालले अब सेमीफाइनल प्रवेशका लागि बुधबार जापानसँग खेल्नेछ ।


नेपाललाई मंगलबार जित  दिलाउन नेरी थापा बिष्फोटक २७ रनको योगदान पुर्‍याएकी थिइन । यसअघि स्थानीय ग्वानग्वाङ मैदानमा टस जितेर व्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ९ विकेट गुमाएर ७२ रनको योगफल तयार पारेको थियो ।