टेक थजाली युएई
१७ नोभेम्बर २०१० -यही मगंलबार देखि दुबईको अलकुज स्थित बलदिया खेल मैदानमा युएईव्यापी भलिवल खेल प्रतियोगिता सुरु भएको छ। प्रथम सहिद लखन थापा मगरको स्मृतिमा नेपाली मगर संघ दुबई छेत्रीय समिती युएई द्वारा आयोजित प्रतियोगितात्मक खेलमा जम्मा २० टिमले भाग लिएका छन् ।
भलिवल खेल प्रतियोगिताको उद्घाटन कार्यक्रम नेपाली समाज युएईका अध्यक्ष यम प्रसाद तमुको प्रमुख आतिथ्य,नेपाली आदीवाशी जनजाती महासंघ युएईका अध्यक्ष भुवन राईको बिशेष आतिथ्यता तथा अन्य अतिथिहरुमा नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष शँकर ज्ञवाली, एन.आर.एन. युएईका उपाध्यक्ष चन्द्र रोकाहा, नेपाली आदीवाशी जनजाती महासंघका उपाध्यक्ष तुलसी तामाङ, तमु समाज र नेपाली आदिवाशी जनजाती महासंघ युएईका महासचिव डिआर गुरुङ,नेपाली मगर संघ युएईका अध्यक्ष गीरमान थापा मगर,महासचिव नुन प्रसाद सोमै मगर (दिपक), अर्घाखाँची डट्कम् का अन्तराष्ट्रिय प्रमुख प्रतिनिधि तथा नेपाली समाचार पाक्षिक पत्रीकाका सम्पादक उमाकान्त पाण्डे गाँउले, परदेश पत्रिकाका सम्पादक उमेश राई