काठमाडौ । चीनमा जारी १६ एसियाली खेलकुदमा महिला क्रिकेटमा नेपाल जापानसँग ४५ रनले पराजित भएको छ । यो पराजयसँगै नेपालको आशातित पदक पनि गुमेको छ ।
सेमीफाइनल प्रवेशका साथै रजत पदकको आशा गरिएको आजको खेलमा पराजित बनेपछि नेपाली महिला क्रिकेट टिम घर फर्कनेछ । गोन्जाओमा भएको खेलमा जापानले पेश गरेकेा १३६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९० रन मात्र बनाउन सक्यो ।
निरा राजोपाध्यायले सर्वाधिक ३७ र नेरी थापाले २६ बनाए । रिजु कनौजिया शुन्यमा रन आउट, रोशनी बोहरा ४ रन बनाउँदा एलबिडब्लु , बिनु बुढामगर एक रन बनाएर आउट भएका छन् ।यि बाहेकका अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
जापानकी कुरुमी ओटाले २ र याको नाकामानाले २ बिकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको जापानले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३५ रन बनाएको थियो ।
उसका लागि मारीको यामामोतो ४१ , इमाकुरी बायासीले सर्वाधिक ६३ रन जोडे । नेपालकी सरिता मगरले २, ऋतु कनौजीयले १ निरा राजोपाध्यायले १ विकेट लिए । नेपाल आफ्नो पहिलो खेलमा जापानसँग १० विकेटले पराजित भएको थियो । मंगलबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई सात विकेटले हराएको थियेा ।