उदय जीएम
दाङ १ मंसिर – नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको प्रतियोगितात्मक एकल नृत्य कार्यक्रम ुहेयर एण्ड केयर छमछमीुमा मध्यपश्चिमको एकजना मात्रै प्रतियागी बचेका छन् । देउखुरीका गोरनबहादुर चौधरी उत्कृष्ट ११ मा पुग्न असफल भएपछि तुलसीपुरका विकास घले गुरुङमात्र टप ११ मा पुग्ने मध्यपश्चिमााचल विकास क्षेत्रकै एकमात्र प्रतियोगी बनेका हुन् ।
आफ्ना हजारौं प्रतिद्वन्द्वीहरुलाई उछिन्दै विकास घले गुरुङ उत्कृष्ट ११ औं स्थानमा पुग्न सफल भएका हुन् । एसएमएस भोडिङ र जजहरुले दिएको नम्बरका आधारमा छनौट हुने भएकाले घले गुरुङले दाङवासी तथा मध्यपश्चिमााचल विकास क्षेत्रका सबैमा भोट मागेका छन् । उत्कृष्ट १० औं स्थानका लागि बिहीवार दिउँसो २ बजेसम्म विकासलाई भोट गर्न सकिने छ ।
ुछमछमीुको प्रतिष्पर्धामा अहिलेसम्म खरो उत्रिएका तुलसीपुर नगरपालिका- १० दमारगाउँका विकास घले गुरुङले क्लासिकल डान्समा भारतको इलाहावादबाट सिनियर डिप्लोमा र वेष्टर्न डान्समा भारतकै नयाँ दिल्लीबाट जुनियर डिप्लोमा गरिसकेका छन् । २०४१ साउन १६ गते आमा समुन्द्रा गुरुङ र बुवा नन्दलाल गुरुङको कोखबाट जन्मिएका विकासको सानैदेखि नाचमा रुची थियो । ुसानैदेखि नाचमा रुची थियो तर प्रवेशिका परीक्षा उत्तीर्ण गरिसकेपछि मात्र माचमा उत्रिएको हुँु विकासले भने । आफ्ना दाजु आर्थिक हिसावले आकर्षक मानिने बि्रटिश आर्मीमा सेवारत भए तापनि उनलाई त्यसले छुँदै छोएन । विकास भन्छन् ुम त यतातिर पो लागें ।ु आरआर क्याम्पस काठमाडौंमा डिग्री कक्षामा अध्ययनरत विकास खेलतर्फ नेपाल तेक्वान्दो संघको थ्री डन नेशनल रेप्रुी तथा जिम्न्याष्टिक खेलाडी हुन् ।
नेपाल प्रहरीमा सेवारत ट्राफिक प्रशिक्षक घले गुरुङ देशभरबाट हजारौंको संख्यामा र अनेक चरणमा छनौट हुँदै काठमाडौंमा १ सय १ जना प्रतियोगी पुगेकोमा दाङका दुई प्रतिभा उत्कृष्ट ११ मा पुगेका हुन् । विकासका लागि भोट गर्दा आफ्नो मोबाइलको म्यासेज बक्समा गएर ऋऋ टाइप गरी एक स्पेस छोडेर ण्द्द टाइप गरी द्दद्धडण् मा पठाउन सकिनेछ ।