– अजय हमाल
गोन्जाउ , मंसिर ३ – १६ औं एसियाली खेलकुदमा नेपालको पदकको खडेरी टरेको छ । एसियाडको बक्सिङतर्फ८१ केजी तौल समूहमा नेपालका दीपक महर्जन सेमिफाइनल प्रवेश गर्दै कम्तिमा कास्य पदक निश्चित गरेका छन् ।
उनले क्वाटरफाइनलमा थाइल्यान्डका क्रियङकै सुकुमलाई ४-० ले पराजित गरे । एसियाडमा २० बर्षछि बक्सिङले पदक ल्याउने निश्चीत भएको हो ।