काठमाडौ । नारायणगोपाल सङ्गीत कोषले यस वर्षको नारायणगोपाल स्मृति सम्मान एवम् पुरस्कार गायक एवम् सङ्गीतकार भक्तराज आचार्यलाई प्रदान गर्ने भएको छ ।
उक्त कोषका अध्यक्ष फत्तेमान राजभण्डारीको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।
गायक एवम् सङ्गीतकार आचार्यलाई उक्त पुरस्कार नेपाली साङ्गीतिक क्षेत्रमा पुर्याउनुभएको योगदानलाई कदर गर्दै प्रदान गरिएको कोषद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पुरस्कारको राशि नगद रु २५ हजार र सम्मानपत्र रहेको छ ।