नेपाली हुँदाहुँदै पनि नागरिकता नपाएका वरीस्ठ कलाकार गोपाल भुटानीको निधन/छातीमा नागरिकता राखी मर्ने अन्तिम इच्छा पनि अधुरो


 

नेपाली चलचित्रमा द्वन्दको सुरुवात गर्ने बरिष्ठ कलाकार गोपाल भूटानीको मंगलबार निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित भुटानीको जनमैत्री अस्पतालमा उपचार हुँदाहुँदै बिहान ११ बजे निधन भएको जनाईएको छ । ७८ बर्षको उमेरमा क्यान्सरबाट उनको मत्यु भएको हो ।

इलाममा जन्मेर बर्मादेखि भारतको रंगीन नगरी मुम्वई हुँदै पुन नेपाल आइपुगेका भूटानीले नेपाल चलिचत्र क्षेत्रको स्तर उन्नतीमा उल्लेख्य भूमिका खेलेका छन् । उनी नेपाली दर्शकमाझ चलिचत्रका कालकारका रुपमा मात्र होइन, टेलीचलचित्र र बिज्ञापनका कारणले पनि चर्चित छन् । पछिल्लो समय मियो चाउचाउमा उनले चिनीय कुङफु गुरुको भूमिका गरेका थिए ।


लामो समयदेखि थलिएका भूटानीको उत्तरार्ध दयनिय रह्यो ।नेपाली चलचित्रको पहिलो द्वन्द निर्देशक भूटानीले पटक पटक भूटानी लेखेकै कारण नागरिकतासमेत पाउन सकेन । केही समय अघी देखी उन्लाई उपचार्थ भन्दै कलाकारले आर्थिक सहयोग जुटाउन थालेका थिए । उन्को अन्तिम इच्छा नेपाली नगरिकता छातीमा राखेर मर्न पाउ भन्ने थियो अन्तिम पटक सगरमाथा च्यानलका सरोज सगको भलाकुसारीमा आफ्नो प्रतिकृया दिदै उनले सो इच्छा ब्यत्त गरेका थिए । सोही प्रतिकृया माओवादीका नेता डा. बाबुराम भट्टराई लाई राख्दा उन्ले आफु र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने समेत बताएका थिए ।

 


उनी इलाममा जन्मेका नेपाली तामाङ जातिका भएपनि उनले भूटानी लेख्ने गरेकाले उनलाई सबैले भूटानी मूलका सम्झने गर्दथे ।


 सन् १९४० को दशकमा मुम्बइबाट फिल्मी क्षेत्रमा प्रवेश गरेका भुटानीले एक दर्जन बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशन् गरेका थिए ।