काठमाडौं, मंसिर ११ – मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रमा रहेको दुईवटै युनिट बिग्रिएपछि आइतबारदेखि हप्तामा साढे ३८ घन्टा लोडसेडिङ हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले यही मङ्सिर १ गतेदेखि लागु हुने गरी हप्तामा २९ घन्टा लोडसेडिङको तालिका कायम गरेको थियो ।
प्राधिकरण भारप्रेषण केन्द्रका निर्देशक चिरन्जीवी शर्माका अनुसार सो जलविद्युत् केन्द्रमा रहेको दुइवटै युनिट बिग्रिएको र युनिट मर्मत सम्भार गर्न अझै केही समय लाग्ने भएका कारण लोडसेडिङको समय बताए ।
उहाँले केन्द्रमा रहेको एउटा युनिट बनाउन अझै एक हप्ता लाग्ने र अर्को बिग्रेको युनिट बनाउन भने करिब दुईहप्ता लाग्ने जानकारी दिए । रासस



