कपिलवस्तु । कृष्णनगरबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ३४७१ को बस कृषि सामग्री केन्द्र बहादुरगन्ज नजिक पल्टदा ५ जना घाइते भएका छन् ।
बाटोमा हिडिरहेका साइकलयात्रीलाई जोगाउने क्रममा दुर्घटना भएको स्थानियबासीले जनाएका छन् । घाइतेमध्ये ठेगाना नखुलेका बर्ष ५५ का प्रल्हाद कहारको अवस्था गम्भीर रहेको छ । त्यस्तै कृष्णनगर २ झन्डीनगर बस्ने बर्ष २५ को चिन्तु हार, भारभेरुवा विवारी बर्ष ३२ को चिन्तन यादव र निग्लीहवा २ बस्ने बर्ष २१ का बिष्णु सर्मा, महाराजगन्ज ९ बस्ने तेजबहादुर चौधरी घाइते भएका छन् ।
बस चालक प्रहरीको नियन्त्रणमा रहेको र घाइतेहरुको शिवराज अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई लुम्बिनी अन्चल अस्पताल बुटवल लैजाने तयारी भएको छ ।