रियल मड्रिडलाई पाँच शुन्य गोल अन्तरले हराउँदै बार्सिलोना स्पानिस लिगको शीर्षस्थानमा उक्लन सफल

लियनल मेसिको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडलाई पाँच शुन्य गोल अन्तरले हराउँदै बार्सिलोना स्पानिस लिगको शीर्षस्थानमा उक्लिएको छ। बार्सिलोनाले खेलको दशौं मिनेटमा मेसिको सहयोगमा जाभीले गोल गरे भने अठारौं मिनेटमा पेर्डोले अग्रता दोब्बर बनाए।

 

खेलको पचपन्नौं र अन्ठन्नौं मिनेटमा डेबिट भियाले दुई गोल गर्दा भियाले मेसीको साथ पाएका थिए भने अन्तिम मिनेटमा जेफेनले अर्को एक गोल थपे। यसरी बार्सा जोसे माउरिन्होको रियललाई पाँच शुन्यको लज्जास्पद हार चखाउन सफल रहयो। सिजनको पहिलो हारसँगै रियल बत्तिस अंकका साथ दोस्रो स्थानमा तल भर्दा बार्सिनोला चौतिस अंकका साथ लिगको शीर्षस्थानमा उक्लिएको छ।