पोखरा – कास्कीको हेम्जा गाविस वडा नं १ को पौडी पोखरी पुल नजिकै ग१च ५९४३ नंको निजी कारले ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृतक सोही ठाउँ बस्ने चतुर पोडे जलारी भएको बताइएको छ । प्रहरीले चालक पोखरा-१६ दिप बस्ने गोकर्ण पुनलाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ ।
यसैबीच, चापाकोट गाविसको घाँटिछिना भन्ने स्थानबाट ग२प ४५४५ नं को मोटरसाइकल चोरी गरी फरार रहेका स्याङ्जा घर बताउने प्रेमबहादुर रानालाई प्रहरीले पामेबाट मोटरसाइकलसहित पक्राउ गरेको छ ।
यसैगरी, सराङ्कोट-९ पिपलडालीबाट ६ ग्राम हिरोइनसहित विजय गुरुङ र सुनिता गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ ।