विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा सन् २०१८ को विश्वकप रुसमा र २०२२ को विश्वकप कतारमा हुने घोषणा


 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२२ को विश्वकप कतारमा हुने घोषणा गरेको छ। त्यसैगरी  २०१८ को विश्वकप रुसमा हुनेछ।  २२ कार्यकारी सदस्यबीच भएको मतदानबाट यो घोषणा गरिएको हो। 

२०१८ को संस्करणका लागि रुसले इंगल्यान्डका साथै बेल्जियम-नेदरल्यान्ड तथा पोर्चुगल-स्पेनको संयुक्त दाबीसँग प्रतिस्पर्धा गरिरहेको थियो।



२०२२ को विश्वकपका लागि अस्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया र कतारबीच प्रतिस्पर्धा भएको थियो।