काठमाडौ – मङ्सिर कृष्ण चतुर्दशी अर्थात् आज बालाचतुर्दशीलाई सतबीज छर्ने तथा वैकुण्ठ चतुर्दशी पर्वको रुपमा मनाइँदैछ । गौशालास्थित पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा आज सप्तबीज (सतबीउ) छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वरी आदि ठाउँमा सतबीउ छर्न मुलुकका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको आज बिहानैदेखि पशुपतिमा ठूलो भिड लागेको छ ।
बालाचतुर्दशीको पूर्वसन्ध्या मङ्सिर कृष्ण त्रयोदशीका दिन शुक्रबार राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोकझाँकी प्रस्तुत गरी रात बिताएका थिए ।
सुरुमा सप्तबीज -धान, जौ, तिल, गहु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेशनजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ । सप्तबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश भई कैलाश वा वैकुण्ठको बास प्राप्त हुने जनविश्वास छ ।
शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।
वाग्मती किनारको मृगस्थलीमा शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृग आउँदा सो बथानमा शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती पनि छ ।
यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि प्रचलित छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने